त्यो मुद्दा अहिले सर्वाेच्च अदालतमा अन्तिम सुनुवाईको क्रममा छ र त्यो सकिएपछि फैसला हुनेछ ।
जोशीको बारेमा अदालतले के फैसला गर्ला, त्यो आफ्नो ठाउँमा छ । तर, अहिले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यवसायी बेचन झाले बयानको क्रममा जोशीकै शैली अपनाएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)का अधिकारीहरु समेत हैरान छन् ।

अख्तियारले पक्राउ गरेपछि पुर्वगृहमन्त्री जोशीले ‘मौन बस्न पाउनु व्यक्तिको अधिकार हो’ भन्दै वयान दिन अस्विकार गरेका थिए । उनले अख्तियारमा मात्र होइन, विशेष अदालतमा पनि बयान दिएका थिएनन् । महिनौंसम्म प्रयास गर्दा पनि बयान लिन नसकेपछि अख्तियारले प्रतिवादीको बयानबिना नै मुद्दा दायर गरेको थियो ।
अहिले झाले पनि सिआईबीमा त्यस्तै गरिरहेका छन् । प्रहरीको अनुसन्धानबाट शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको खुलेको छ । प्रहरीका अनुसार झाले शरणार्थीको रुपमा अमेरिका पठाइदिने भन्दै धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका थिए । तर, हस्ताक्षर नमिलेपछि सो चेक सटही भएन ।
यत्तिकुरा पत्ता लगाएको प्रहरीले झासँग त्यो लेनदेन र अरु घटनाक्रम बारे बयान लिन खोजिरहेको छ । झा पक्राउ परेको १२ दिनको अवधिमा अनुसन्धान अधिकारीहरुले दर्जनौ पटक बयान लिने प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।
स्रोतका अनुसार आफ्ना वकिल र सन्तानहरुसंग भेट्दा निकै टाठो हुने झा अनुसन्धान अधिकारी देख्ने वित्तिकै टाउको दुख्यो, बोल्न सक्ने अवस्थामा छैन भन्दै सुत्ने गरेका छन् । दर्जनौं पटक प्रयास गर्दा पनि टाउको दुखेको बाहानामा बयान दिन अस्विकार गरेपछि उनीसँग कसरी लिने वा बयान नलिइ आफ्नो अनुसन्धानको आधारमा एकतर्फी रुपमा मुद्दा दायर गर्ने भन्ने बारेमा अनुसन्धान अधिकारीहरुबीच छलफल चलिरहेको बताइएको छ ।