मेरोमाइक्रोफाइनान्सको नाफा उच्च बढ्यो, इपीएस कति?

Aug 07, 2024 06:28 AM Merolagani



मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६२.५९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधमिा लघुवित्तको खुद ब्याज आम्दानी १४.०६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३०.८८ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३५२.७४ प्रतिशत बढेको छ।

लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ। यद्यपि, लघुवित्तको इम्पेरमेन्ट चार्ज भने १२ करोड ५४ लाख रुपैयाँबाट घटेर १ करोड ९४ लाख रुपैयाँमा झरेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६३ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.०८ गुणा रहेको छ। लघुवित्तले सो अवधिसम्ममा १९ करोड ६२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। त्यस्तै, लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८७ पैसा रहेको छ।

१ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २.११ प्रतिशत र कर्जा ०.४८ प्रतिशत घटेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।