सोनापुर मिनरल्सको आम्दानी घट्यो, खुद नाफा ऋणात्मक

Aug 15, 2024 04:25 AM Merolagani



सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ भने खुद नाफा ऋणात्मक भएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा ऋणात्मक भएको छ। अघिल्लो आर्थिक वर्ष २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ७९.९७ प्रतिशत घटेका छ भने अन्य आम्दानी ९९.१२ प्रतिशत घटेको छ। सो अवधिसम्ममा कम्पनीको सञ्चालन मुनाफा १३ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २९ करोड २१ लाख रुपैयाँ रहेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २४ पैसा रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।