साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले तय गरेको बुकक्लोज मितिअघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले सो दिन सिटिजन्सको ३.८० प्रतिशत र विकास हाइड्रोपावर (BHCL) को १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सिटिजन्स बैंकको शेयरमूल्य २०३ रुपैयाँ २८ पैसा कायम भएको छ भने विकास हाइड्रोपावरको ५१० रुपैयाँ कायम भएको छ।
नेप्सेले सो दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। सो दिन अर्थात शुक्रबार दोस्रो बजारमा सिटिजन्सको शेयर प्रतिकित्ता २११ रुपैयाँमा र विकास हाइड्रोपावरको ५६१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर भोली अर्थात असोज १९ गते दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ।