६ कारोबार दिनमा करिब २२० अंक घट्यो नेप्से, भोल्यूम पनि निरन्तर घट्दै

Sep 11, 2024 03:11 PM Merolagani



नेप्से परिसूचक निरन्तर छैठौँ कारोबार दिन घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

पछिल्लो ६ दिनमा नेप्से २१९.९७ अंक घटेको छ। यस दिन भने नेप्से परिसूचक २२.७३ अंक घटेर २६१०.२१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंक घटेको छ।

नेप्से निरन्तर ओरालो लागेसँगै भोल्यूम पनि निरन्तर घट्दो क्रममा रहेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ८७ हजार ३६ पटकको कारोबारमा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँबराबरको १ करोड ५४ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

घटेको बजारमा यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २१८ रुपैयाँ ५० पैसा बढेर २ हजार ४०३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ७३ लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनएलजी इन्स्योरेन्सको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ग्रिनलाइफ हाइड्रोपावरको १९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

बुधबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन फाइनान्स, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८७ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंक, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।