सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Sep 14, 2024 06:29 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७२७.३६ विन्दुमा बन्द भएको नेप्से, यस साता १.४२ प्रतिशत अर्थात ३८.८३ अंक घटेर २६८८.५३ विन्दुमा बन्द भएको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन मात्र बढेको थियो। यस साताको अन्तिम कारोबार दिन नेप्से ७८ अंक बढेर बन्द भएको थियो।

 

यस साता सेन्सेटिभ इण्डेक्स २.०३ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ११ अर्ब ९६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८ अर्ब ३७ करोडको मात्र शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत काराबोर रकम ३०.०३ प्रतिशत घटेको हो। त्यस्तै, यस साता कुल कारोबार संख्या २५.८३ प्रतिशत घटेको छ भने कुल शेयर संख्या २७.९७ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ३६ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता ६१ अर्ब घटेर ४२ खर्ब ७४ अर्बमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता लगानी उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस साता लगानी उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको हो। गत साता १०९.९१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १.१४ अंक बढेर १११.०५ विन्दुमा पुगेको छ।

कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.१४ प्रतिशत घटेको छ। गत साता १३५९६.६१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४२६.६२ अंक घटेर १३१६९.९९ विन्दुमा झरेको छ।

यस साता बेष्ट फाइनान्सको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत भएको छ। फाइनान्सले लिलामी प्रक्रियामार्फत बिक्री गरेको शेयर यस साता सूचीकृत भएको हो।

यस साता सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाकि २०.७५ प्रतिशत बढेको छ। त्यस्तै, यस साता मानुषी लघुवित्तको शेयरमूल्य २० प्रतिशतभन्दा बढी बढेको छ भने इमर्जिङ्ग नेपालको शेयरमूल्य करिब १९ प्रतिशत बढेको छ। कारोबारमा आएको गुडविल फाइनान्सको शेयरमूल्य भने यस साता सर्वाधिक १०.४८ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता प्रभु सेलेक्स फण्ड, सिभिल बैंक डिबेञ्चर २०८८, एनएलजी इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने ग्रीनलाइफ हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर, बोटलर्स नेपाल (तराई) लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।