सातामा करिब साढे १७ अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Sep 26, 2026 06:09 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे १७ अंक घटेर बन्द भएको छ। गत साता २६४७.२२ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.६६ प्रतिशत अर्थात १७.४१ अंक घटेर २६२९.८१ विन्दुमा बन्द भएको छ।

यस साता तीन कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता फ्लोट इण्डेक्स २.०६ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स १.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक घटेको छ।

नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा ६ अर्ब १२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २.६५ प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २२.९८ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ०.३४ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.६६ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २९ अर्ब रुपैयाँ घटेर ४५ खर्ब २३ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता एक उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। बाँकी एक उपसमूहको परिसूचक यस साता स्थिर रहेको छ।

यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.१३ प्रतिशत बढेको छ। गत साता १० हजार ७१२.६६ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १२०.७८ अंक बढेर १० हजार ८३३.४४ विन्दुमा पुगेको छ।

यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत घटेको छ। गत साता ३६६५.०८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ६१.६७ अंक घटेर ३६०३.४१ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १६४.३७ अंक घटेको छ।

यस साता नेप्सेमा ४२ लाख ९ हजार ८६२.५० कित्ता धितोपत्र सूचीकृत भएको छ। यस साता ७ प्रतिशत लक्ष्मी सनराइज बैंक डिबेञ्चर २०९२ र सिनर्जी पावर डेभलपमेन्टको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता कम्पनीहरुको मूल्य वृद्धिदर र गिरावट सामान्य रहेको छ। यस साता सिवाइसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.४० प्रतिशत बढेको छ। त्यस्तै, यस साता उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने सोनापुर मिनरल्स एण्ड आयलको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक १०.८० प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, घोराही सिमेन्ट लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने हाथवे इन्भेष्टमेन्ट, लक्ष्मी लघुवित्त वित्तीय संस्था, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।