आँखुखोला जलविद्युतको हकप्रद शेयर बाँडफाँट, साढे १७ लाख कित्ता लिलामीमा आउने

Sep 16, 2024 08:15 AM Merolagani



आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले हकप्रद शेयर बाँडफाँट गरेको छ। कम्पनीले असार ३१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ बराबर १.५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो शेयरमा रितपूर्वक आवेदन दिने ४१ हजार ३६२ जना शेयरधनीहरुलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद शेयर भदौ ३० गते बाँडफाँट गरेको हो। बाँडफाँट नभएको बाँकी १७ लाख ५० हजार २४८ कित्ता शेयर भने अब लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गरिनेछ।

बाँडफाँटमा नपरेको हकप्रद शेयर बापतको रकम असोज ४ गते शुक्रबारदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।