घलेम्दीको हकप्रद शेयर बाँडफाँट, ३२ लाखभन्दा बढी कित्ता लिलाम बिक्रीमा आउने

Jan 11, 2024 09:44 AM Merolagani



घलेम्दी हाइड्रो लिमिटेड (GHL) ले पुस २५ गते हकप्रद शेयर बाँडफाँट गरेको छ। कम्पनीले गत कात्तिक २ गतेसम्म कायम शेयरधनीहरुका लागि १ बराबर २ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो।

कम्पनीले आफ्नो चुक्ता पूँजीको २०० प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सोमध्ये रितपूर्वक आवेदन दिने २८ हजार १२१ शेयरधनीहरुलाई कम्पनीले ७७ लाख ८२ हजार २७६ कित्ता शेयर बाँडफाँट गरेको हो। कम्पनीले बाँडफाँट नभएको ३२ लाख १७ हजार ७२४ कित्ता शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्नेछ।

हकभन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँटमा नपरेको हकप्रद शेयर बापतको रकम पुस २९ गते आइतबारदेखि आईपीएसमार्फत बैंक खातामा रकमान्तर गरिने कम्पनीले बताएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।