अम्बे स्टील्स र जय अम्बे स्टील्सले नेपालमै पहिलो पटक पाए ISO 22301:2019 प्रमाणपत्र

Nov 26, 2024 04:03 PM Merolagani



नेपालका स्टील उत्पादन क्षेत्रमा अग्रणी अम्बे स्टील्स र जय अम्बे स्टील्सले ISO 22301:2019 प्रमाणपत्र प्राप्त गरेका छन् । यो मान्यता प्राप्त गर्ने यी कम्पनीहरू नेपालकै पहिलो कम्पनीहरू हुन्। यस उपलब्धिले व्यापार निरन्तरता व्यवस्थापन र सञ्चालन उत्कृष्टतामा उनीहरूको प्रतिबद्धतालाई झल्काउने कम्पनीले जनाएकाे छ ।

ISO 22301 व्यापार निरन्तरता व्यवस्थापन प्रणाली (BCMS)को अन्तर्राष्ट्रिय मानक हो, जसले संस्थाहरूलाई कुनै पनि अवरोधको समयमा प्रभावकारी रूपमा प्रतिक्रिया दिन र सञ्चालनलाई निरन्तरता दिन सक्षम बनाउँछ। यो प्रमाणपत्र प्राप्त गरी, अम्बे स्टील्स र जय अम्बे स्टील्सले आफ्ना ग्राहक र सरोकारवालाहरूलाई स्थायित्व, विश्वसनीयता र उच्च मापदण्ड सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“यो प्रमाणपत्रले हाम्रो व्यवसायिक स्थायित्व र ग्राहकप्रतिको निरन्तर सेवाको सुनिश्चितताप्रतिको प्रतिबद्धतालाई झल्काउँछ। ISO 22301 प्रमाणपत्र प्राप्त गर्दै, अम्बे स्टील्स र जय अम्बे स्टील्सले नेपालमा नयाँ मापदण्ड स्थापना गरेका छन्,” शिवाज न्यौपाने, अम्बे स्टील्स र जय अम्बे स्टील्सका निर्देशकले भने।

यस उपलब्धिले दुवै कम्पनीहरूको नवीनता, अन्तर्राष्ट्रिय मापदण्ड र निरन्तर सुधारप्रतिको प्रतिबद्धतालाई उजागर गर्ने कम्पनीहरूकाे भनाइ छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।