अहिले संसार हल्लाइरहेको २ सय वर्ष अगाडि प्रयोग भएको एउटा शब्द

Dec 06, 2024 11:04 AM mero lagani



के तपाईलाई अंग्रेजी शब्द Brain Rot को अर्थ थाहा छ ?

थाहा छैन भने त्यसबारेको एउटा ‘हिन्टस्’ थाहा पाइरहनुस्-यो शब्द सन् २०२३ यता इण्टरनेटको दुनियाँमा सबैभन्दा चर्चित शब्द बनेको छ ।

र, विश्बकै सबैभन्दा प्रख्यात विश्व विद्यालय मानिने बेलायतको अक्र्सफोर्ड विश्व विद्यालयले ‘सन् २०२४ को वर्ष शब्द’ घोषणा गरेको छ ।

अर्काे आश्चर्य Brain Rot शब्दको पहिलो प्रयोग झण्डै २ वर्ष अगाडि अमेरिकी दार्शनिक हेनरी डेभिड थोरोले गरेका थिए । सन् १८५४ मा प्रकाशित उनको पुस्तक वाल्डनमा पहिलो पटक यो शब्दको प्रयोग भएको छ । त्यसयता कतिपय किताबहरुमा यो शब्द प्रयोग गरिए पनि विश्वका भाषाशास्त्रीहरुलाई अचम्मित गर्ने गरि अहिले चर्चित बनेको हो ।

यो शब्दको अर्थ हो-दिमागी सन्तुलन खल्बलिनु । दिमाग ठीक नहुनु ।

थोरोले कुहिएको आलुको प्रसंग उठाउँदै दिमाग सड्न सक्ने कुरा उठाउँदा त्यो शब्दको प्रयोग गरेका थिए । किताबमा उनले लेखेका छन-अहिले बेलायत कुहिएका आलुहरुको व्यवस्थापन गर्न र आलुलाई कुहिन नदिन प्रयास गरिरहेको छ । त्यो भन्दा निकै खतरनाक समस्या त ब्रेन रट हो । यस्लाई सरकारले कसरी ठीक गर्छ ?

अहिले इण्टरनेट र त्यसमा पनि सामाजिक संजालको बढ्दो प्रयोगसंगै त्यो शब्दको प्रयोग हुने क्रम हवात्तै बढेको छ । र, खासगरि मनो चिकित्सकहरु माझ यो शब्द निकै चर्चित भएको छ । उनीहरुले सबैभन्दा धेरै प्रयोग गर्ने शब्द भनेको छ । ‘इण्टरनेट, त्यसमा पनि सामाजिक संजालको बढ्दो प्रयोगले मानिसको दिमाग नै मरिररहेको छ । यसबाट बच्नको लागि इण्टरनेटको प्रयोग घटाएर प्राकृतिक गतिविधिमा सक्रिय हुनु जरुरी छ’ अक्सफोर्ड विश्व विद्यालयका मनोवैज्ञानिक प्रध्यापक एंड्रयू प्रिज़बिल्स्की ले भनेका छन् ।

विश्व विद्यालयका अनुसार ब्रेन रट पछि पछिल्लो समय इण्टरनेट प्रयोगकर्ताले सबैभन्दा बढी प्रयोग गरिने अन्य पाँच शब्दहरु हुन-

डिम्योर-व्यवहारिक रुपमा संयमित र देखावटी कुरामा विश्वाँस नगर्ने व्यक्ति

डाइनामिक प्राइसिङ-समय अनुसार उत्पादनको मूल्य निर्धारण गर्नु ।

लोर-कुनै व्यक्ति वा घटना विशेषको बारेमा तथ्यपूर्णरुपमा विस्तृत जानकारी ।

रोमाटेन्सी-रोमान्स र फैन्टसीलाई मिलाएर बनाइएको शब्द, जस्को अर्थ एक रोमान्टिक कहानी हो ।

स्लोप-अप्रमाणित विषयवस्तुलाई पनि प्रमाणित र सत्य नै हो भने जसरी प्रस्तुत गर्नु ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।