स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार?

Feb 09, 2025 10:48 AM Merolagani



माघ २७ गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (GMLI) को पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ३०१ रुपैयाँमा पहिलो कारोबार भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कम्पनीलाई १०० रुपैयाँ ३४ पैसादेखि ३०१ रुपैयाँ २ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएको हो। कम्पनीको नेप्से सिम्बोल जीएमएलआई रहेको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (वैदेशिक रोजगारीमा रहेका नेपाल, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्काशन गरी बाँडफाँट गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता शेयर गरी कुल ७५ लाख कित्ता शेयर गत बिहीबार (माघ २४ गते) नेप्सेमा सूचीकृत भएको थियो।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।