विद्युत बिक्री आम्दानी प्राप्त भएपछि अरुण काबेली नाफामा

Feb 10, 2025 10:26 AM Merolagani



अरुण काबेली पावर लिमिटेड (AKPL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार विद्युत बिक्री आम्दानी प्राप्त भएपश्चात कम्पनी नाफामा पुगेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत कुनै आम्दानी गरेको थिएन।

विद्युत बिक्री मार्फत आम्दानी भएसँगै कम्पनीको खुद नाफा पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३१ करोड ५ लाख रुपयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५ करोड ८९ लाख रुपैयाँ धनात्मक भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको प्रतिशेयर अम्दानी ३ रुपैयाँ ३ पैसा रहेको छ। पुसको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७७.३४ गुणा रहेको छ।

३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १२ करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।