विद्युत बिक्री आम्दानीसँगै घट्यो सुपर मादी हाइड्रोपावरको नाफा

Feb 10, 2025 02:23 PM Merolagani



सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १२ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.३८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५.४१ प्रतिशत घटेर ६० करोड ६० लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १७.४७ प्रतिशत घटेको छ भने वित्तीय खर्च २४.६५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ९९ पैसा घटेर ११ रुपैयाँ ४ पैसामा झरेको छ। पुसको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३६.६८ गुणा रहेको छ।

२ अर्ब २० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १५ करोड ४ लाख रुपैयाँ सञ्चित छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।