विद्युत बिक्री आम्दानीसँगै घट्यो सुपर मादी हाइड्रोपावरको नाफा

Feb 10, 2025 02:23 PM Merolagani



सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १२ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.३८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५.४१ प्रतिशत घटेर ६० करोड ६० लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १७.४७ प्रतिशत घटेको छ भने वित्तीय खर्च २४.६५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ९९ पैसा घटेर ११ रुपैयाँ ४ पैसामा झरेको छ। पुसको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३६.६८ गुणा रहेको छ।

२ अर्ब २० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १५ करोड ४ लाख रुपैयाँ सञ्चित छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।