गत साता करिब १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Feb 16, 2025 06:36 AM Merolagani



गत साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २६९९.८१ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.७९ प्रतिशत अर्थात २१.३४ अंक घटेर २६७८.४७ विन्दुमा झरेको छ।

गत साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेको थियो। सो साताको मंगलबार र बुधबार नेप्से बढेर बन्द भएको थियो।

 

‘पर्ख र हेर’ को अवस्था

नेप्से हाल ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। नेप्से गत साता २७६० देखि २८०० को प्रतिरोध क्षेत्र परीक्षण गरी फर्किएको थियो। आगामी दिनका लागि पनि सोही क्षेत्र नेप्सेको प्रतिरोध क्षेत्र हो। आगामी दिनमा नेप्से ओरालो लागेमा भने २४४० देखि २५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले लामो टुप्पी र छोटो पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन पनि नेप्सेले त्यस्तै मैनबत्ती बनाएको थियो। जसले सो दिन पनि बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम भने कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ७ अर्ब ८५ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ३२ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ५.६४ प्रतिशत कम हो।

बियरिश क्रशओभर

साताको अन्तिम कारोबार दिन नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा करिब नजिक पुगेका छन्। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेमा बियरिश क्रशओभर बन्नेछ। जसले बजार घट्ने संकेत गर्नेछ। गत साता नेप्सेको हिस्टोग्राम पनि घट्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलित रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।