गत साता करिब साढे २ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Feb 23, 2025 06:31 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत बढेर बन्द भएको छ। अघिल्लो साता २६७८.४७ विन्दुमा बन्द भएको नेप्से, गत साता २.४४ प्रतिशत अर्थात ६५.२७ अंक बढेर २७४३.७४ विन्दुमा पुगेको छ।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो जसमध्ये चारै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।

 

प्रतिरोध क्षेत्र नजिक

गत साता नेप्से परिसूचक बढेर प्रतिरोध क्षेत्र नजिक पुगेको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २७६० देखि २८०० सम्म रहेको छ। आगामी दिनमा नेप्से सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा भने २४४० देखि २५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ। तर सो प्रतिरोधलाई तोडेर उकालो लागेमा भने ३००० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने नेप्सेले ह्यामर मैनबत्ती बनाएको छ।

बलियो भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम पनि बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ९ अर्ब ६५ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ९ अर्ब २ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ६.९८ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ भने यी दुई बीचको दूरी बढ्दै गइरहेको छ। त्यस्तै, हिस्टोग्रामको उचाई पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। यसले गत साता बजार बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदचाप बढ्दै

गत साता नेप्सेको स्टकास्टिक आरएसआई बढेर ओभरबट जोनतर्फ गइरहेको छ। यसले बजारमा बिस्तारै खरिदचाप बढ्न थालेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।