तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

May 18, 2025 06:30 AM Merolagani



जेठ ४ गते, आइतबार, तेह्रथुप पावर कम्पनी (TPC) को हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात जेठ ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।