प्रि ओपन सेसन अपडेटः झिनो अंक घट्यो नेप्से

Jun 26, 2025 10:55 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ०.३३ अंक घटेर २६००.२० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५० अंक घटेर २५९९.६९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३० स्टकको ९९ पटककाे काराेबारमा ३ करोड ६७ लाख १७ हजार ३४९ रुपैयाँ ५० पैसाबराबरको ७६ हजार ५०६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।