आईपीओ निष्काशन गर्न झापा इनर्जीलाई बोर्डको स्वीकृती

Jul 16, 2025 12:07 PM Merolagani



नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न झापा इनर्जी लिमिटेडलाई स्वीकृती दिएको छ। बोर्डले कम्पनीलाई असार ३१ गते स्वीकृती दिएको हो।

कम्पनीले जारी पूँजीको २५ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो। जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँबराबरको ९ लाख ५० हजार ४७५ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।