भोलि बिहीबारदेखि सरकारले सुन तथा सुनका गहना आयातमा २ प्रतिशत विलासित कर लगाउने निर्णय गरेको थियो । बजेटमार्फत ल्याइएको उक्त विलासिता कर बिहीबारदेखि हुने सुनको कारोबारमा देखिनेछ ।
यसअघि सुन व्यवसायी र सरकारबीच ६ बुँदे सहमति गरिएको भएपनि सुनमा लगाइएको विलासिता कर अन्ततः कार्यान्वनयमा जाने देखिएको हो ।
बिहीबारदेखि विलासिता कर जोडिएर आउँदा सुनको उपभोक्ता मूल्य समेत ह्रवात्तै बढ्ने व्यवसायीहरु बताउँछन् । विलासिता कर लाग्ने भएपछि आन्तरिक राजश्व विभागले बिलको ढाँचा समेत बनाइसकेको छ ।