स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो ट्रेड टावरको पहिलो कारोबार?

Jul 17, 2025 10:47 AM Merolagani



साउन १ गते, बिहीबार, स्पेशल प्रि ओपन सेसनमा ट्रेड टावर लिमिटेड (TTL) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३६६ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर असार ३१ गते, मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। जस अनुसार हिजो अर्थात असार ३२ गते स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनुपर्ने थियो। तर, म्याचिङ्ग नभएका कारण हिजो कारोबार हुन नसक्दा आज स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १२३ रुपैयाँ ९ पैसादेखि ३६९ रुपैयाँ २७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको शेयर टीटीएल टिकरमा कारोबार भएको हो।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।