एक घण्टामा ४ अर्बभन्दा बढीको शेयर कारोबार

Jul 17, 2025 12:04 PM Merolagani



नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेपाली शेयरबजारमा उत्साह छाएको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढ्दो क्रममा रहेको छ।

साउन १ गते, बिहीबार, बजार खुलेको १ घण्टामा नेप्से परिसूचक ४५.०७ अंक बढेर २८३९.८५ विन्दुमा पुगेको छ। सो अवधिसम्ममा २९१ स्टकको ३छ हजार २९३ पटकको कारोबारमा ४ अर्ब ४३ करोड ३० लाख ५३ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सो अवधिसम्ममा २२५ कम्पनीको शेयरमूल्य बढेको छ भने २३ कम्पनीको मूल्य घटेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।