वामदेव नेतृत्वको एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै

Jul 18, 2025 11:24 AM Merolagani



नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको एकता अभियानबीच आज एकता हुँदैछ । दिउँसो २ बजे हुने पार्टी एकता कार्यक्रम राष्ट्रिय सभा गृहमा गरिनेछ ।

एकताका लागि यसअघि नै दुवै पार्टीका शिर्ष नेताहरुले समझदारी गरिसकेका छन् । राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको हो । एकीकृत समाजवादीले आज राष्ट्रिय सभागृहमा हुने एकता सभामा पार्टी मातहतका कमिटीलाई अनिवार्य सहभागिताका लागि निर्देशन दिएको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।