प्राधिकरणका अनुसार, सो अवधिमा २३३२ गिगावाट घण्टा विद्युत् निर्यातबाट उक्त आम्दानी गरिएको हो ।
नेपालले विगतदेखि नै भारतीय बजारमा नेपालको विद्युत् व्यापार गर्दै आइरहेको छ । नेपालको विद्युत् गत आवमा भारतसँगै बंगलादेशसम्म निर्यात भइसकेको छ ।
गत वर्ष ४० मेगावाट बिजुली एक दिन भए पनि बंगलादेशमा निर्यात गरिएको थियो । प्राधिकरणका अनुसार, सोही आवमा १६ अर्ब ९ करोड रुपैँया बराबरको विद्युत् आयात समेत भएको देखिन्छ । यसरी हेर्दा, गत आवमा नेपालले आफुले निर्यात गरे जति नै बिजुली आयात समेत गरेको देखिन्छ ।