टेलिग्राम एप तत्काल बन्द गर्न इन्टरनेट सेवाप्रदायकहरुलाई दूरसञ्चार प्राधिकरणकाे निर्देशन

Jul 18, 2025 07:02 PM merolagani



नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप तत्काल बन्द गर्न इन्टरनेट सेवाप्रदायकहरुलाई निर्देशन दिएको छ।

शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले उक्त निर्देशन दिएको हो।

उक्त एपमार्फत अनलाइन ठगी र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराध बढेकाले एप बन्द गर्न निर्देशन दिनुपरेको प्राधिकरणले उल्लेख गरेको छ।

‘टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउनेरबन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवाप्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ’, प्राधिकरणले भनेको छ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।