स्थानीय स्तरमा उत्पादित,प्रशोधित तथा प्याकेजिङ्ग गरिएको प्रिमियम सिटिसि जमघट चिया चखाउने उद्देश्यले टिकटक प्रतियाेगिता शुरू गरिएकाे जमघट चिया उत्पादक कम्पनी चिया संसार प्रालिका महाप्रवन्धक सचिन निराैलाले जानकारी दिए । उनका अनुसार टिक टक भिडियो प्रतियोगिता जित्नेका लागि पुरस्कार दिइने छ । साउन १ गतेबाट भदौ १३ गतेसम्म पठाएको भिडियोलाई मात्र मान्यता दिइने निराैलाले बताए। प्रथम पुरस्कार एकाईस हजार, दाेश्राे पुरस्कार एघार हजार र तेस्रो पुरस्कार सात हजार राखिएकाे छ । प्रतियाेगिताका लागि निम्न बमाेजिकका शर्त राखिएकाे छ ।
शर्तहरु :
१. सहभागीले जम घट चियामा आधारित ३० सेकेन्ड देखि १ मिनेट सम्मको सट भिडियो बनाउनु पर्ने छ।
२.भिडियो सृजानात्मक,रमाईलो र मौलिक हुनुपर्ने छ।
३.सहभागीले वनाएको भिडियोमा अनिवार्य जम घट चियाको प्याकेट देखिनु पर्ने छ।
४.यो कार्यक्रममा जुन सुकै उमेर समुहको ब्यक्तिले सहभागी हुन सक्ने छन ।
५.सहभागीले आफनो टिकटक अकाउन्ट मार्फत अपलोड गरिएको भिडियो टिकटक बाट डाउनलोड गरि ९८१६००८५२१ What app नम्बरमा पठाउनु पर्ने छ । र उक्त भिडियोलाई कम्पनीले आधिकारीक फेस बुक पेजमा क्रम सख्या मिलाई भिडियो प्राप्त हुन साथ अपलोड गरिने छ र उक्त भिडियो को अभिनय,प्रस्तुति,शेयर ,लाईक,भ्यु को मुल्याकनको आधारमा उत्कृष्ठ प्रथम,द्रोस्रो र तेस्रो छनोट गरिने छ । कम्पनीले गरेको निर्णय नै अन्तिम निर्णय हुने छ ।
६. साउन १ गतेबाट भदौं १३ गते सम्म पठाएको भिडियोलाई मात्र मान्यता दिईने छ।
७. यस कार्यक्रमको नतिजा भदौं २१ गते सार्वजनिक गरिने छ ।
८. कम्पनीले प्रतियोगितामा आएका कुनै पनि भिडियो लाई प्रसार प्रसारका लागि प्रयोग गर्न सक्ने छ साथै माथि उल्लेखित शर्तहरु पुरा नगरेका भिडियोहरु अपलोड गरिने छैन ।
९ जमघट चिया तपाईको नजिकैको किराना पसल,मार्ट ,अनलाईन(www.chiyasansar.com.np)वा कम्पनीमा सम्पर्क गरि खरिद गर्न सक्नु हुने छ । दुइ केजी भन्दा माथिको खरिदमा डेलेवेरी खर्च फ्रि हुनेछ ।