सोमबारको बजार २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा पुगेको छ । यसदिन १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ । निरन्तर बढेको बजारमा आइतबार र सोमबारको बजारमा उतारचढाव भएको छ । आइतबार अन्तिम प्रहारमा आएको सप्लाई र सोमबार दिनभरको दुविधापूर्ण अवधि सहित अन्तिमको १५ मिनेटमा देखिएको सकारात्मक उल्लासले बजारमा खरिदकर्ता नै हाबी छन् भन्ने कुरा प्रष्ट पार्ने लगानीकर्ताहरुको बुझाई छ ।
लगानीकर्ताहरु एकपछि अर्को कम्पनी तथा समूहगत रणनीतिमा कारोबार गरेको पाइन्छ । सूचकसँगै कारोबार रकमको पनि बजारमा साथ रहेको छ । नीतिगत व्यवस्थामा भएको सहजता र लगानीकर्तामा देखिको आत्मविश्वासले बजारको गतिलाई माथिल्लो विन्दु तर्फ नै उमुख गर्ने जानकारहरुको बुझाई छ ।
आज कारोबारमा आएका १३ उप समूह सकारात्मक रहेका छन् । आजको बजारमा बजार पूँजीकरणले ऐतिहासिक रेकर्ड बनाएको छ । आज कारोबार भएको आधारमा ४८ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ बजार पूँजीकरण कायम भएको छ । लगानीकर्ताहरु आधारभूत कम्पनीहरुको छनोटले बजारले बुललाई निरन्तता दिनेमा ढुक्क भएको जानकारहरुको बुझाई छ ।