नेपाल धितोपत्र बोर्डले मंगलबार “नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमहरू ” सार्वजनिक गर्यो। सोही सार्वजनिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था गर्न लागिएको उल्लेख छ।
“दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात् मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउने” सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ।
उक्त व्यवस्था भए अहिले जस्तो लगानीकर्ताले ब्रोकर कम्पनीबाट उधारो पाउने अवस्था हुने/नहुने अनिश्चित हुने छ। किनकि उक्त व्यवस्था कार्यान्वयन आउँदा के कसरी आउँछ। त्यही अनुरूप नै कारोबार गर्ने सकिने प्रक्षेपण अहिले गर्न सकिन्छ।