करेक्सनको लाभ कसरी लिने ?

Jul 30, 2025 05:35 PM Merolagani



बढ्दो बजारमा करेक्सन भएको छ । निरन्तर बढेको बजार तीन हजार भन्दा माथिल्लो विन्दुमा पुगेको थियो । सो विन्दुमा बजार टिक्न नसकेर पुनः करेक्सन भएको हो ।

बुधबारको बजार ४७.९३ अंकले घटेर २९५४.१४ विन्दुमा झरेको छ । यस दिन १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शेयर बजार घटबढ हुनु स्वभाविक हो । तर बजार सप्लाई जोन अर्थात मानोवैज्ञानिक विन्दुमा टिक्न नसकेर करेक्सन हुनुले लगानीकर्ताको लागि चासो बनेको छ ।

आजको बजार घट्नुका कारण भने केही देखिएका छन् । अल्पकालिन लगानीकर्ताले केहि नाफा सुरक्षित गर्दा पनि शेयर बजारमा गिरावट आएकाे हाे । यसैगरी शेयर गिरावट आउनुकाे दोस्रो  कारण मौद्रिक नीतिले लघुवित्त कम्पनीले वितरण गर्ने लाभांश सीमाको पुनरावलाेकन ढिला गर्ने अपुष्ट हल्लाले पनि बजारलाई दबाब पुर्याएको छ ।

त्यसैगरी, सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले सूचीकृत हुने कम्पनीहरुको संस्थापक समूहको शेयर अभौतिकरण प्रक्रिया लम्ब्याउने र सबै कम्पनीहरुको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको शेयरको छुट्टाछुट्टै इन्टरनेशनल सेकुरेटीज आइडेन्टिफिकेसन (आइजीन) नम्बर जारी गर्ने तयारीमा रहेको भन्ने कुराले पनि दोस्रो बजार प्रभावित भएको अनुमान गरिएको छ । घट्बढ् हुनुका बाहना जे जस्ता भएपनि बढ्दा होस वा घट्दो अवस्थामा बजारले मौका दिएको हुन्छ । सोही मौका चिन्न सक्ने लगानीकर्ता दोस्रो बजारमा सधै सफल हुने बुझाई छ । त्यसैले यो आजको करेक्सन पनि लगानीकर्ताको लागि आम्दानी गर्ने राम्रो अवसर भएको बिज्ञहरुको भनाइ छ ।




हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।