सोनापुर मिनरल्सको बिक्री आम्दानी साढे २ अर्बभन्दा बढी, नाफा कति?

Aug 16, 2025 06:02 AM Merolagani



सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २ अर्ब ६१ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १ अर्ब बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ६३ करोड बिक्री आम्दानी गरेको थियो।

बिक्री आम्दानी बढेसँगै कम्पनी नाफामा पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ४७ करोड १० लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६१ लाख ५० हजार रुपैयाँ नाफामा पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८ करोड ६२ लाख रुपैयाँबाट बढेर ७० करोड ६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अघिल्लो आर्थिक वर्ष १३ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, गत आर्थिक वर्ष ४३ करोड ७० लाख रुपैयाँ धनात्मक भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १५ रुपैयाँ ३२ पैसा ऋणात्मकबाट २० पैसा धनात्मक भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ४९ पैसा रहेको छ।

३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब १२ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।