हिमालयन लाइफ इन्स्योरेन्सको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

Aug 20, 2025 09:57 AM Merolagani



हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ६३ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जिन बीमाशुल्क ६.६० प्रतिशत बढेको छ भने कुल आम्दानी १२.०४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९.१५ प्रतिशत र कुल खर्च ८.१२ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ९२ पैसा घटेर ५ रुपैयाँ ९८ पैसामा सीमित भएको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६८.०५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ २० पैसा रहेको छ।

९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ४६ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७० करोड २९ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी १४ करोड ४३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।