गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ३८ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १५.७३ प्रतिशत बढेको छ भने कुल आम्दानी १२.९८ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १४.०८ प्रतिशत र कुल खर्च १३.५० प्रतिशत बढेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ६० पैसा घटेर ७ रुपैयाँ ५९ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५४.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ६८ पैसा रहेको छ।
५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ४५ करोड ८० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६० करोड ९२ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड ९३ लाख रुपैयाँ सञ्चित छ।
