रामहरि खतिवडाकाे ठाउँमा न्यौपानेलाई उठाउने कांग्रेसकाे निर्णय

Aug 26, 2025 02:11 PM Merolagani



नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मङ्गलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। कांग्रेस पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको थियो।

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानको विवादमा मुछिएपछि रामहरि खतिवडाले राजीनामा दिँदा उक्त पद रिक्त छ। न्यौपानेले राज्यव्यवस्था समिति सभापति पदका लागि आजै मनोनयन दर्ता गर्ने कार्यक्रम छ।




पूर्वअर्थमन्त्रीको मयुर नाचले सनसनी, प्रधानमन्त्री ओली समेत छक्क

Aug 22, 2025 03:11 PM

नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले धेरैलाई मोहित पार्यो ।