मंगलबारको बजार ४.८३ अंकले बढेर २७६६.०९ विन्दुमा पुगेको छ । यस दिन ४ अर्ब १८ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
शेयर बजारमा लगानी गर्नेका आ-आफ्नै रणनीति हुन्छन् । कोही कम्पनीको गहिराे अध्ययन र प्रतिफलको गणना गरेर लगानी गरेका हुन्छन । कसैले प्राविधिक विश्लेषणले दिएको संकेत अनुसार खरिद बिक्रीको योजना बनाएका हुन्छन् । अल्पकालीन र दीर्घकालीन लगानी गर्ने परिपाटी छ ।
शेयर बजारको सूचक बढ्नका लागि अर्थतन्त्रका सूचकहरु समानान्तर रुपमा बढ्नु पर्ने धारणा लगानीकर्ता कृष्ण आचार्यको छ । बजारमा लगानी गर्नेले ‘‘उइन उइन’’ को अवस्था हेरेर लगानी गर्नुपर्छ । शेयर बजारमा ठूलो पूँजी लिएर आउने लगानीकर्ता बाघ जस्तै र साना लगानीकर्ता मुसा जस्तो भएको उनकाे बुझाई छ ।