ट्रम्प र फेडरल रिजर्भ बीचको विवाद फेरि बढ्दै, गभर्नर लिसा कुकलाई हटाउने ट्रम्पको प्रयास

Aug 26, 2025 04:38 PM mero lagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र त्यहाँको केन्द्रीय बैंक, फेडरल रिजर्भ बीचको विवाद फेरि चर्केको छ । 

विवादका बीच ट्रम्पले मंगलबार फेडरल रिजर्भका एक जना गभर्नर लिसा कुकलाई तत्कालै राजीनामा दिन आदेश दिएका छन् । त्यस बारेमा कुकको औपचारिक प्रतिकृया सार्वजनिक नभए पनि उनले पहिले नै ‘सक्ने भए हटाएर देखाउ’ भन्ने आशयको प्रतिकृया दिइसकेकी छन् । त्यसले गर्दा राजीनामा दिन ट्रम्पले दिएको पछिल्लो आदेशलाई पनि उनले अस्वीकार गर्ने निश्चित नै रहेको बताइएको छ ।

कुक फेडरल रिजर्भको गभर्नर बोर्डका सात सदस्यहरूमध्ये एक हुन् र यो पदमा पुग्ने पहिलो अस्वेत अमेरिकी महिला हुन् । सन् २०२२ मा तत्कालिन राष्ट्रपति जो वाइडेनले नियुक्त गरेकी कुक एउटा धितो मूल्याँकनको विषयमा विवादमा परेकी छन् । त्यसैलाई निहुँ बनाएर ट्रम्प उनी विरुद्ध निरन्तर आक्रामक बनिरहेका छन् ।

कतिपय जानकारहरु भने ट्रम्पले फेडेरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई हटाउने प्रयास असफल भएपछि कुक माथिको आक्रमणलाई तीब्र बनाएको दावी गर्छन् । गत जनवरीमा आफू दोस्रो पटक राष्ट्रपति भएदेखि नै ट्रम्पले पावेललाई पनि पटक पटक राजीनामा दिन दबाब दिँदै आएका थिए, तर पावेलले नटेरेपछि केही समय अघि फेडेरल रिजर्भको भ्रमण गरेर मिलेर काम गर्ने बताएका थिए ।

त्यसपछि पावेलको बारेमा कुनै टिप्पणी नगरेका ट्रम्पले उनका अति निकट मानिएकी कुकमाथि राजीनामा दिन दबाब दिँदै आइरहेका छन् । कुकले भने आफूले कुनै गलत काम नगरेको दावी गर्दै आरोप प्रमाणित गर्न र आफूलाई हटाएर देखाउन ट्रम्पलाई चुनौति दिँदै आएकी छन् ।

फेडेरल रिजर्भका अध्यक्ष पावेलसहित ५ जना सदस्य (त्यहाँ गभर्नर भनिन्छ) मध्ये हाल ट्रम्पको पक्षमा केवल एक जना माइकल बार मात्र छन् । अन्य ५ जना उनको विरोधमा छन् । त्यहीकारण ट्रम्पले अर्थतन्त्रका कतिपय पक्षहरुलाई आफू खुसी निर्णय गर्न र लागू गर्न सकिरहेका छैनन् । खासगरि ब्याजदरको विषयमा उनीहरु बीच विवाद रहेको छ ।




पूर्वअर्थमन्त्रीको मयुर नाचले सनसनी, प्रधानमन्त्री ओली समेत छक्क

Aug 22, 2025 03:11 PM

नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले धेरैलाई मोहित पार्यो ।