भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तरगतकाे यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आफु अनुकुलको समयमा यातायात व्यवस्था कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह गरेको हो ।
इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न विभागले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट लागु गर्न प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिएको थियो । सरकारको उक्त निर्देशनपछि आम नागरिकस्तरबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय बिना पूर्व तयारी र संरचना नभइ अघि बढेको भन्दै विरोध भएकाे थियो ।
विभागले सूचना जारी गर्दै तुरुन्त इम्बोस्ड नम्बर प्लेट नजोडे पनि जरिवाना वा दण्ड नलाग्ने जनाएको हो ।

