बुधबारको बजार ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा पुगेको छ । यस दिन ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । बुधबार सूचकसँगै कारोबार रकम पनि बढेको छ ।
बजार बढेर २८ सयको मनोवैज्ञानिक विन्दु भन्दा माथि पुगेर बन्द भएको छ । यसले बजार एक चरण माथि जानेमा धेरै लगानीकर्ताहरु आशावादी भएको पाइन्छ ।