सुन र चाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक

Sep 02, 2025 10:56 AM Merolagani



भदौ १७ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर बढेर नयाँ रेकर्ड बनाइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । मंगलबारको बजारमा चाँदी दुई हजार ४८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा याे ताेलाकाे दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला तीन दिनदेखि चाँदीको मूल्य पनि रेकर्ड बनाउदै बढेको हो ।

 




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।