अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली आज (बुधवार) काठमाडौं आइपुग्ने भनिएपनि प्राविधिक कारण देखाउँदै भाेलि बिहीवार सारिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएकाे छ । अमेरिकाले उनीहरुलाई चार्टर्ड विमानमार्फत बिहीबार काठमाडौं ल्याएर छाड्ने भएकाे हाे ।
एकसाथ यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी पठाएको यो दोस्रो पटक हो । यसअघि २०८२ जेठ २५ गते अमेरिकाले डिपोर्ट गरी पठाएका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए । उनीहरुलाई पनि अमेरिकाले चार्टर्ड विमानमा नेपाल पठाएको थियो ।
डोनाल्ड ट्रम्प अमेरिकाको दोस्रो पटक राष्ट्रपति भएयता हालसम्म २१५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।