प्रहरी कार्यालय रानीपोखरीले ध्वनी, धुँवा र फोहोरमुक्त छिमेकी अभियान लागू गर्दै केही अनौठा सुचनाहरु सार्वजनिक गरेको हो ।
प्रहरी कार्यालयले राती, बिहान, शौचालय तथा अन्य घरेलु क्रियाकलाप, सामाजिक तथा धार्मिक क्रियाकलाप र अन्य क्रियाकलाप गर्दा वा स–साना काम गर्दा उत्पन्न हुने ध्वनीलाई समेत नियन्त्रण गर्न भनेको छ ।
प्रहरीको सुचनामूलक सन्देशमा बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने नगरौं, गेट खोल्दा र अन्य क्रियाकलाप गर्दा आवाज कम गरौं, राती अबेर प्रेसर कुक्करमा सिठ्ठी नलगाऔंलगायतका काम नगर्न आग्रह गरेको छ ।
त्यस्तै, प्रहरीको जारी सुचनामा राती अबेर शौचालय फ्रस गर्दा ध्वनी कम गर्ने उपाय गर्नुपर्ने, घरमा संगीत अभ्यास गर्दा ध्वनी नियन्त्रण उपकरण प्रयोग गर्ने, सडकमा अनावश्यक हल्ला नगर्नेलगायतका कामहरु नगर्न समेत आग्रह गरेको छ ।
