लुटपाट भएका सामाग्री भेटेमा बुझाई दिन राष्ट्रपति कार्यालयको सूचना

Sep 14, 2025 09:05 PM Merolagani



राष्ट्रपति कार्यालयले गत भदौ २४ गते भएको आगलागी र तोडफोडका क्रममा लुटपाट/चोरी भएका सामाग्री भेटेमा बुझाई दिन सूचना जारी गरेको छ।

सो दिन राष्ट्रपतिको कार्यालयबाट कम्प्यूटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टि.भि. कुर्सी लगायतका भौतिक सामाग्रीहरु लुटपाट/चोरी भएको सूचनामा उल्लेख छ।

‘कसैले राष्ट्रपतिको कार्यालय जि.खा.पा.नं. उल्लेख भएका वा नभएका समान देख्नु भएमा वा भेटाउनु भएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा यस कार्यालयमा बुझाई सहयोग गरिदिनुहुन यो सूचना प्रकाशन गरिएको छ’ सूचनामा उल्लेख छ ।

सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने पनि राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।