अर्थमन्त्री खनाल, गृहमन्त्री अर्याल र उर्जामन्त्री घिसिङ हुने, शपथ ग्रहण भने भोलि

Sep 14, 2025 09:49 PM Merolagani



प्रधानमन्त्री  सुशीला कार्कीले अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्ति गर्ने तयारी गरेकी छिन्। 

खनाल पूर्वअर्थ सचिव हुन भने घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन। घिसिङलाई ऊर्जा सहित भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालय दिने तयारी छ। गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । उनीहरूको शपथ ग्रहण भने भोलिमात्रै हुने बताइएको छ । 




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।