Wed, Mar 11, 2026
असोज ५ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुनको मूल्य गत भदौ ३१ गते कायम भएको रेकर्डमा पुगेको छ भने चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।
यसदिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत भदौ ३१ गते कायम गरेको ऐतिहासिक उचाईमा सुनको मूल्य पुगेको हो । गत शुक्रबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आईतबार चाँदी तोलाको २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यले दुई हजार ५९५ रुपैयाँको उचाईलाई ब्रेक गरेर नयाँ उचाई बनाएको हो । गत शुक्रबारको बजारमा चाँदी दुई हजार ५८० रुपैयाँमा कारोबार भएकाे थियाे।
यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आईतबार चाँदी तोलाको २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यले दुई हजार ५९५ रुपैयाँको उचाईलाई ब्रेक गरेर नयाँ उचाई बनाएको हो । गत शुक्रबारको बजारमा चाँदी दुई हजार ५८० रुपैयाँमा कारोबार भएकाे थियाे।
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।