जेन—जी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुन्छन्ः प्रहरी महानिरीक्षक खापुङ

Oct 25, 2025 10:50 AM merolagani



प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन—जी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको उल्लेख गर्दै उनीहरुमाथि कारबाही हुने बताए । प्रहरी महानिरीक्षक खापुङले समाजलाई धमिल्याउने अपराधिक गतिविधिहरुलाई प्रहरीले कुनैपनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताए । जेनजी आन्दोलनपछि प्रहरीहरुको मनोबल खस्केको भन्ने भनाईमा सत्यता नरहेको पनि उनले बताए । प्रहरी महानिरीक्षक खापुङले जेन—जी आन्दोलनपछि प्रहरीहरु स्थानीय जनताको सहयोगमा नै सबै चौकीहरुमा पुनःस्थापना हुन सकेको बताए । 



प्रहरी महानिरीक्षक खापुङले समाजलाई शान्ति सुरक्षा दिने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने दाबी समेत गरे। 




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।