रुसी तेल कम्पनीमाथि ट्रम्पको थप कडा प्रतिबन्धपछि छटपटाउंदै भारत, तेलको मूल्य बढ्न सक्ने चिन्ता

Oct 26, 2025 06:01 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका दुई ठूला तेल कम्पनीहरू, रोसनेफ्ट र लुकोइलमाथि नयाँ प्रतिबन्ध लगाएका छन् ।

यसलाई ट्रम्प प्रशासनले रुस विरुद्ध उठाएको अहिलेसम्मको सबैभन्दा ‘ठूलो कारबाही’ भएको बताइएको छ । ट्रम्प प्रशासनले रुसमाथि प्रत्यक्ष आर्थिक दबाब दिएको पनि यो पहिलो पटक हो।

ट्रम्पको निर्णयलाई युक्रेन युद्ध अन्त्य गर्न रुसलाई दबाब दिने कदमको रूपमा हेरिएको छ । तर, यो निर्णयले भारतलाई भने छटपटाउन हालेको छ । ट्रम्पले युक्रेन युद्धको कारण देखाउंदै भारत, चीन जस्ता देशलाई रुसबाट कुनै पनि प्रकारको इन्धन नकिन्न दवाव दिंदै आइरहेका छन् । केही दिन अघि मात्रै उनले आफ्नो दवाव सामु भारत झुकेको र अब केही दिन भित्रै उस्ले रुसबाट कुनै पनि प्रकारको इन्धन नकिन्ने दावी गरेका थिए, जुन दावी प्रति भारत सरकारले अहिलेसम्म औपचारिकरुपमा कुनै टिप्पणी गरेको छैन ।

स्मरणरहोस् भारत र चीन रुसी तेलका सबैभन्दा ठूला खरीददारहरूमध्ये छन्। सेप्टेम्बर २०२५ सम्मको छ महिनामा, भारतको तेल आयातको ३६ प्रतिशत र प्रतिदिन लगभग १।७५ मिलियन ब्यारेलको हिस्सा रूसले ओगटेको थियो।

ट्रम्पले पहिले नै रुसबाट तेल खरिद गरेबापत भारतमा थप २५ प्रतिशत कर लगाइसकेका छन्, र अब भारतले कुल ५० प्रतिशत अमेरिकी करको सामना गरिरहेको छ।

दिल्लीस्थित थिंक ट्याङ्क ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभका निर्देशक अजय श्रीवास्तव ट्रम्पले दुई रुसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाएर केवल रुसलाई मात्रै दवाव दिएका छैनन्, उस्बाट इन्धन खरिद गर्ने भारत लगायतका देशहरुलाई पनि दवाव दिएका छन् ।

अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेका रोसनेफ्ट र लुकोइल रूसका सबैभन्दा ठूला तेल उत्पादक हुन् । सँगै, तिनीहरूले देशको कुल कच्चा तेल निर्यातको लगभग आधा हिस्सा ओगटेका छन्।

भारतीय वरिष्ठ अधिकारीहरू रोसनेफ्ट र लुकोइलमाथिको नयाँ अमेरिकी प्रतिबन्धले भारतमा रूसी तेलको प्रवाहलाई लगभग रोक्नेछ, जसले गर्दा भारतीय अर्थतन्त्रलाई समेत थप नकारात्मक असर पर्न सक्नेछ ।

सोसिएट जेनेरेलका कमोडिटी अनुसन्धान प्रमुख माइकल हेग रुसी कम्पनीहरुमाथि अमेरिकी प्रतिवन्धपछि विश्वको तेल बजारको आपूर्ती र मूल्य सृंखला नै खल्बलिने अवस्थामा पुगेको बताउंछन् ।
कमोडिटी डेटा फर्म केप्लरको अनुमानअनुसार भारतीय रिफाइनरी उद्योगहरूले रूसबाट तेल खरिद गरेर मनग्गे फाइदा उठाइरहेका छन् । तिनै उद्योगहरुको हित रक्षाको लागि पनि प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय अधिकारीहरु रुसबाट तेल खरिद रोक्ने पक्षमा छैनन् ।

ती दुई रुसी कम्पनीहरुमाथि प्रतिवन्ध लगाउने ट्रम्पको पछिल्लो घोषणापछि रिलायन्स इन्डस्ट्रीजले यी प्रतिबन्धहरूको प्रभावको मूल्याङ्कन गरिरहेको र भारत सरकारको दिशानिर्देशहरू पालना गर्ने बताएको छ।


तेलको मूल्य पनि प्रभावित हुने

ट्रम्पको घोषणापछि, ब्रेन्ट कच्चा तेलको मूल्य ३.४० डलर (५.४ प्रतिशत)ले बढेर ६५.९९ डलर प्रति ब्यारेल पुगेको छ । यसले रुसी कम्पनीमाथि अमेरिकी प्रतिबन्धले कसरी प्रभावित गर्दैछ भन्ने कुरालाई स्पष्ट पार्छ ।

भारतकी ऊर्जा विश्लेषक अमृता सेनका अनुसार कच्चा तेलको मूल्य केही दिनभित्रै प्रति ब्यारेल ७० डलरभन्दा माथि पुग्न सक्छ । त्यस्को अर्थ तेलको विश्वव्यापी मूल्य बढ्न सक्छ ।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।