लिग टु को याे श्रृंखला आजदेखि यूएईमा शुरु हुँदैछ। आज नेपालले पहिलो खेलमा अमेरिकाको सामना गर्नेछ। नेपालको दोस्रो खेल ३० अक्टोबरमा यूएईसँग खेल्नेछ। त्यस्तै, तेस्रो खेल १ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ भने ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ। आजको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे शुरु हुनेछ।
लिग टु श्रृंखलामा नेपाल १६ खेलबाट १२ अंक जोडेर सातौँ स्थानमा छ। गत असारमा स्कटल्याण्डमा भएको श्रृंखलामा ३ खेल जित्दै नेपाल सातौँ स्थानमा उक्लिएको हो।