तिहार अघिको अन्तिम कारोबार दिन १६.६७ अंक बढेर २५०३.८५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४० अंक घटेर २५०३.४४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०३२ अंक घटेको छ।
आइतबार प्रि ओपन सेसनमा २८ स्टकको ५३ पटकको कारोबारमा १ करोड ३५ लाख ६१ हजार ९९५ रुपैयाँ ८० पैसाबराबरको २५ हजार ८१२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।