Sun, Oct 26, 2025
कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कार्तिक ३ गते सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो । तिहार विदापछि खुलेको बजारमा एकै पटक भारि गिरावट भएको हो । यस दिन चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । आज आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत कार्तिक ३ गते सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कार्तिक ३ गते सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो । तिहार विदापछि खुलेको बजारमा एकै पटक भारि गिरावट भएको हो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । आज आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत कार्तिक ३ गते सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।