शेयरधनीलाई ७.३७ प्रतिशत लाभांश दिएकाे सानिमा बैंकका सीईओ पाण्डेले बुझे सवा करोड पारिश्रमिक

Oct 30, 2025 12:56 PM MeroLagani



शेयरधनीलाई ७.३७ प्रतिशत लाभांश दिएकाे सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गत आवमा १ करोड १९ लाख ३६ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् । पाण्डेले अल्पकालीन कर्मचारी लाभस्वरुप ९६ लाख रुपैयाँ, चाडपर्व भत्ता र वार्षिक विदा बापत् भुक्तानी स्वरुप १२ लाख ८० हजार, रोजगारी पछिको लाभ १० लाख ५६ हजार गरी कुल १ करोड १९ लाख ३६ हजार रुपैयाँ बुझेका हुन।


बैंकले अन्य वरिष्ठ व्यवस्थापकहरुलाई ५ करोड ९६ लाख ६६ हजार रुपैयाँ उपलब्ध गराएको छ । वरिष्ठ व्यवस्थापकहरुलाई अल्पकालीन कर्मचारी लाभ स्वरुप ४ करोड १५ लाख ८ हजार रुपैयाँ, चाडपर्व भत्ता र वार्षिक विदा बापत् भुक्तानी स्वरुप ७१ लाख ८५ हजार रुपैयाँ, रोजगारीपछिको लाभबापत् १ करोड ७ लाख ३८ हजार रुपैयाँ र अन्य भत्ताबापत् २ लाख ३६ हजार गरी कुल ५ करोड ९६ लाख ६६ हजार रुपैयाँ भुक्तानी गरेको थियो । बैंकले प्रमुख कार्यकारीसहित मुख्य व्यवस्थापकहरुलाई गरेर कुल ८ करोड १६ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेको छ।

 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।