विश्वास हरायो भने शेयर बजार पनि कमजोर हुन्छः नेप्से सीईओ चापागाईं

Oct 30, 2025 01:50 PM merolagani



नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले बजार चलाउनका लागि नियम र स्वतन्त्रता दुवै आवश्यक रहेको बताएका छन्।

नेपाल शेयरबजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै उनले शेयर बजारमा नियम धेरै भयो भने बजारमा उत्साह घट्ने र स्वतन्त्रता पनि बढी भयो भने बजारमा अराजकता आउने बताएका हुन् । बुद्धिमानीपूर्वक नियमन अपनाउनु पर्ने आजको आवश्यकता रहेको बताउँदै उनले लगानीकर्ताको हित र बजारको उर्जा पनि कायम राख्नेगरी नेप्सेले आफ्नो काम कारबाही अघि बढाउने प्रतिवद्धता जाहेर गरे । नेपाल स्टक एक्सचेन्ज सीईओ चापागाईंले पुँजीबजार केबल शेयर किनबेच गर्ने थलो मात्र नभएको बताउँदै यो देशको आर्थिक समृद्धिको आधार भएको पनि बताए । राष्ट्रको विकास, श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएको उनको भनाइ छ ।

नेपाल स्टक एक्सचेन्ज सीईओ चापागाईंले भने–‘आजको संसारमा पुँजीबजार केबल शेयर किनबेच गर्ने थलो मात्र होइन । यो देशको आर्थिक समृद्धिको आधार हो । राष्ट्रको विकास श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएका छन् । नेपाल अझै पनि बैंकमा आधारित अर्थतन्त्रबाट बजार आधारित अर्थतन्त्रको यात्रामा छ । यो यात्रा सफल बनाउन लगानीकर्ता, नियमक, दलालकम्पनी र सूचिकृत कम्पनी सबैको साझा जिम्मवारी हुन्छ । बजारमा सबैभन्दा ठूलो कुरा विश्वास हो । विश्वास हरायो भने बजार पनि कमजोर हुन्छ । बजारमा उत्तारचढाव आउँछ । तर यसले दीर्घकालिन सोच राख्छ र अध्ययन गरेर निर्णय गर्छ । अन्ततः सफल हुन्छ । बजार भाग्यले होइन, बजारले चल्छ । दीर्घकालिन सोच र ज्ञान र संयम सफल लगानीका आधार हुन् । नेपालमा कतिपयले बजारलाई छोटो अवधिको कारोबारका रुपमा हेर्छन् तर वास्तमा पुँजीबजार जनताको वचतलाई उत्पादनशील लगानीमा रुपान्तरण गर्ने माध्यम हो । यसले देशमा रोजगारी सिर्जना गर्नुका समृद्धि ल्याउँछ । बजार चलाउनका लागि नियम र स्वतन्त्रता दुवै आवश्यक हुन्छ । नियम धेरै भयो भने बजारमा उत्साह घट्छ, तर स्वतन्त्रता बढि भयो भने बजारमा अराजकता आउँछ । त्यसैले हामीले स्मार्ट रेगुलेसन अर्थात बुद्धिमानीपूर्वक नियमन अपनाउनुपर्छ । जसले लगानीकर्ताको हित पनि बँचाओस् । बजारको उर्जा पनि कायम राखोस् ।’

उनले बजारमा धेरै लगानीकर्ता आइरहेको बताउँदै शेयरबजारको बारेमा साक्षरताको कमी देखिएको समेत बताए। नेपाल शेयरबजार लगानीकर्ता संघले साक्षरताका लागि नेतृत्व लिन समेत उनले सुझाव दिए ।

कार्यक्रममा शेयरबजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव श्रेष्ठले नेपालमा शेयरलगानीकर्ताहरु संगठित हुन जरुरी रहेकाले संघ स्थापना गरिएको बताए । उनकाअनुसार लगानीकर्ताको आवाजलाई नीतिगत तहसम्मै पुर्याउन संघले महत्वपूर्ण भुमिका खेलेको छ ।

अध्यक्ष श्रेष्ठले भने–‘एउटा ठूलो तप्का ७० लाख शेयरका डिमाण्ट एकाउण्टवाला छन् । यो संख्या उल्लेख्य हो । नेपालको पुँजीबजारलाई चलायमान बनाउने कुरामा उनीको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ । तर शेयरबजारका लगानीकर्ताहरु जति छरिएर रहेका छौं । यसले हाम्रो आवाज नीतिगत तहसम्म पुग्न सही तवरले पुर्याउन सकेका छौ की छैनौँ भनेर विश्लेषण गरेपछि यो संस्था खोलिएको हो ।’

कार्यक्रममा साधारण लगानीकर्ता संघका अध्यक्ष रितुजंग जिसीले राज्यले राम्रो प्लेटफर्म बनाइदिएर संसारभर शेयरबजारको कारोबार हुने गरेको बताउँदै नेपालमा लगानीकर्ताको हितका लागि राज्यले राम्रो काम नगरिदिदाँ आफूहरु संघ, संगठन बनाएर हिँड्नुपर्ने अवस्था आएको बताए ।

उनले शेयरबजारका एजेण्डाहरु बोकेर नियमक निकायमा जाँदा बेवास्ता गरिने गरिएको गुनासो समेत गरे ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।